× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

कांग्रेसकाे महाधिवेशन ६ महिना पछि सर्ने !

Simrik Online

६ भाद्र २०७७, आईतवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४अौं महाधिवेशन मुलुकमा बढदै गएकाे काेराेना महामारीकाे कारण आगामी फागुन पहिलाे साता हुन नसक्ने परिस्थिति बन्दै गएकाे छ। पुर्व निर्धारित १४अौ महाधिवेशनकाे कार्यतालिका अनुसार गत साउन महिना भित्र सबै ७७ जिल्लामै क्रियाशिल सदस्यता नविकरणकाे काम भैसक्नु पर्दथ्याे तर काठमाडौं उपत्यका र वरपरका नजिकका केही जिल्लाहरू बाहेकमा क्रियाशिल सदस्यता फर्म नै पुग्न सकेकाे छैन। कांग्रेस पदाधिकारी बैठकले क्रियाशिल सदस्यताकाे शतप्रतिशत नयाँ क्रियाशिल सदस्यता थप्ने निर्णय गरेकाे छ तर जिल्लामा नयाँ क्रियाशिल सदस्यताकाे फर्म पुर्याउन सकेकाे छैन । फेरि कांग्रेसमा नयाँ क्रयाशिल सदस्यता वितरणमा धेरै विवाद हुने गरेकाे इतिहास छ ।आफ्नाे प्रभाव पार्न एक गुटले अर्काे गुटलाई सदस्यता दिन नचाहने प्रवृति कांग्रेसमा पुरानाे हाे । यसले विवाद बढाएर महाधिवेशन प्रभावित गर्ने देखिएकाे छ । नयाँ क्रियाशिल सदस्यता वितरणले नै धेरै समय लिने देखिन्छ । कांग्रेसमा प्रवेश गर्न चाहने अन्य पार्टीका सदस्य, युवा पंक्ति, वुद्विजिवी धेरै छन्। यहि कारण कांग्रेसले शत प्रतिशत सदस्यता बढाउने निर्णय गरेकाे छ । कांग्रेसले महाधिवेशनकाे बेला प्रत्येक ४-४ वर्षमा मात्र क्रियाशिल सदस्यता दिने प्रावधान भएकाले त्याे यता नयाँ सदस्यता चाहेर पनि दिन सक्दैन ।
अर्काेतिर तीन वर्ष अगाडि संघीय प्रतिनिधिसभा चुनावकाे मुखमा कांग्रेस र लाेकतान्त्रिक फाेरम बीचमा पार्टी एकता भएकाे थियाे । याे पार्टी एकता स्थानीय तह सम्म अझै टुंगिएकाे छैन । जिल्ला तहसम्म लगभग एकता टुंगिन लागेपनि क्षेत्र, गाउँ /नगरपालिका र वडा स्तरमा टुंगिन बाँकी नै छ। भर्खरै राप्रपा (संयुक्त)का उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य तथा सांसद सुनिलबहादुर थापा सहितका एक दर्जन केन्द्रीय नेताहरू र हजाराैं कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूकाे एकता पनि टुंगिन सकेकाे छैन्। यी दुई पार्टीसँगकाे एकता स्थानिय तह सम्म टुंग्याएर भावनात्मक पार्टी एकता नभएसम्म महाधिवेशन हुन सक्दैन । यस कारण कांग्रेसको महाधिवेशन २०७७ फागुनपहिलाे साताबाट कम्तिमा ६ महिना पर सर्ने निश्चित जस्तै छ । यसाे भएमा कांग्रेस महाधिवेशन २०७८ भदाै १५ सम्म सर्न सक्ने देखिन्छ । कांग्रेस – लाेकतान्त्रिक फाेरम र राप्रपा (संयुक्त ) बीचकाे पार्टी एकताले संविधानमा व्यवस्था गरिएकाे साढे पाँच वर्ष भित्र महाधिवेशन अनिवार्य महाधिवेशन गर्नुपर्ने प्रावधान आर्कषित नहुने र पार्टी एकता भएकाे मितिदेखि ५ वर्ष भित्र गरे हुने कानुन विद्हरूले सुझाव दिदै आएकाले पनि कांग्रेसको महाधिवेशन सर्ने निश्चित भएकाे छ । कांग्रेसकाे विधानमा प्रत्येक चार-चार वर्षमा महाधिवेशन हुने व्यवस्था छ । कांग्रेसको १३अाैं महाधिवेशन भएकाे चार वर्ष पूरा भैसकेकाे छ । वैधानिक कार्यकाल सकिएपछि सभापति शेर बहादुर देउवाले १८ वटा विभाग गठनलाई पुर्णता दिएका छन्, तर विभागीय संयाेजक ताेक्दा एकताकाे भावनालाई आत्मसात गरिएकाे छैन । लाेकतान्त्रिक फाेरमबाट आएकालाई कम्तिमा १० वटा विभागीय संयाेजक, सचिव र आवश्यक सदस्य पद दिनुपर्नेमा एकताकाे भावना अनुसार पद भागवण्डा भएकाे छैन । खाेला तर्याे लाैराे विर्सियाेकाे अवस्था अहिले कांग्रेसमा देखिएकाे छ। महाधिवेशन कहिले हुन्छ विवाद भैरहेका बेला कांग्रेस भित्र भावी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रित सदस्यमा उम्मेद्वारी घाेषणा गर्ने र प्रचार प्रसार गर्न थालेका छन्, यस्ताे प्रवृतिले पार्टीकाे हित गर्दैन । महाधिवेशनले लिने नीति,आर्थिक विकास र समृद्धिकाे खाका कांग्रेसले ल्याअोस भन्ने नेपाली जनताकाे अाशा र अपेक्षा रहेकाे छ । नेकपाकाे सरकारले देशमा राजनीतिक स्थिरता, सुशासन, संघीयता, लाेकतन्त्र, विकास र आर्थिक समृद्धि दिन नसकेकाे पुष्टि भैसकेकाले आम जनताकाे आशा र भराेसाकाे नजर कांग्रेस प्रति देखिदैछ । याे स्थितिमा कांग्रेसले १४अाैं महाधिवेशन सहमति र एकताकाे महाधिवेशन बनाई सर्वसमितिले नेतृत्व चुन्नुपर्ने देखिन्छ ।त्यसैले याे महाधिवेशनलाई वास्तविक रूपमै एकता महाधिवेशन बनाउन गुट उपगुट गरेर हाेइन सहमतिले नयाँ नेतृत्व घाेषणा गर्ने वातावरण बनाउनु पर्दछ, आम नेता कार्यकर्ताकाे भावना पनि यहि रहेकाे छ ।