× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

गम्भीर संकटको मोडमा पार्टी एकता : महासचिव पौडेल

Simrik Online

१५ कार्तिक २०७७, आईतवार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्रीसमेत रहेका विष्णुप्रसाद पौडेलले नेकपा एकता गम्भीर संकटको मोडमा आएको जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टीको संकट नेतृत्व तहमा उत्पन्न भएको अन्तरविरोधका कारण उत्पन्न भएको संकेतसमेत गरेका छन्।

उनले पार्टीको अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेकोसमेत औँल्याएका छन्। उनले लेखेका छन्, ‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रोसामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी थियो। तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’

उनले थप लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन। तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु।’

उनले जुन उद्देश्यसहित तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच भएको एकता भएकाे थियाे सोबमोजिम अघि बढ्न नसकेर गम्भीर मोडमा आइपुगेको जनाएका छन्।

नेकपामा अहिले दुई अध्यक्ष बीच संवादहीनताको अवस्था चलिरहेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुराकानी हुन सकेको छैन भने उनीहरूबीच बोलचाल गराउन दोस्रो तहका नेताहरूको सक्रियता बढेको देखिएको छ।