× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

काठमाडौंमा ६० देखि ६४ वर्षकाले खोप लगाउन कहाँ जाने (सम्पर्क नं.सहित)

Simrik Online

२३ जेष्ठ २०७८, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाइने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाउन लागिएको महानगरले जनाएको छ । जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्नेछ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म वडाअनुसार तोकिएका खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ।

खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र लिएर जानु पर्नेछ। पहिलो खोप लगाएकालाई अहिले दोस्रो खोप लगाइने छैन। कोरोना संक्रमण भएका व्यक्तिले एक महिला पूरा भएपछि मात्रै खोप लगाउन पाउनेछन्।

खोप केन्द्र, सम्पर्क ब्यक्ति र सम्पर्क नं.