× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

पूर्वमन्त्री केसीसहितको समुहद्वारा महाकुलुङ गाउँपालिकालाई ४७ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण

Simrik Online

३० जेष्ठ २०७८, सोमबार

आयुषा बास्तोला, सोलुखुम्बु ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बलबहादुर केसीले करिब ६ लाख मूल्य बराबरको ४७ प्रकारका स्वास्थ्य सामाग्री सोलुखुम्बुको महाकुलुङ गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।

पुर्वमन्त्री बलबहादुर केसी सहित नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुहरि बास्तोला, नेका सोलुखुम्बु जिल्ला कार्यसमिति सचिव भलाकाजि कुलुङ, जिल्ला सदस्य युवराज घिमिरे र नेविसंघ सोलुखुम्बुका उपाध्यक्ष जीवन बस्नेत समेतको समुहले महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, उपाध्यक्ष विपना कुलुङ, वडा नं ५ का अध्यक्ष सञ्चराम कुलुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रजन बराल, सामाजिक विकास तथा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त स्वास्थ्य सामाग्रीहरु महाकुलुङ गाउँपालिकाले पालिका भित्रका अत्यावश्यक क्षेत्रमा वितरण गर्नेछ ।

पुर्वमन्त्री केसीको समुहले महाकुलुङ गाउँपालिकालाई हस्तान्तरण गरेका सामाग्रीहरुमा अक्सिजन कन्सरट्रेटर २ थान, पल्सअक्सिमिटर ६ थान, पिपिई सेट ९३ थान, केएन ९५ मास्क ६५ थान, सर्जिकल मास्क २५० थान, हेडक्याप ४०० थान, थर्मल गन, फेस स्लाइडर, सेनिटाईजर तथा विभिन्न प्रकारका ओैषधीहरु सहित ४७ प्रकारका स्वास्थ्य सामाग्रीहरु रहेको महाकुलुङ गाउँपालिकाका सामाजिक विकास तथा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यले जानकारी दिएका छन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पूर्वमन्त्री केसीले स्वास्थ्य संकटको निरुपण गर्न सबैपक्ष एकजुट हुनुपर्ने बताउँदै आँफू पनि जनताको जीवनरक्षाको लागि माध्यम मात्रै बनेको बताएका छन्।

उक्त स्वास्थ सामाग्री बुझ्दै महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किँरातीले संकटको घडीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा दाता लगायत सम्बन्धित पक्षलाई धन्यवाद दिँदै संकट निवारणमा पुर्वमन्त्री केसीको समन्वयको पक्षलाई सबै पक्षले अनुशरण गनुपर्ने बताए ।

मन्त्री केसीले गत २० गते सोलुखुम्बुकै नेचासल्यान गाउँपालिकालाई पनि १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलालाई हस्तान्तरण गरेका थिए ।

पूर्वमन्त्री केसीको अनुरोध तथा नेचासल्यान वडा नं २ का वडाध्यक्ष भेषकुमार बास्तोलाको पहलमा काठमाडौं स्थित बोधीसत्व विहारले उपलब्ध गराएको सो स्वास्थ्य सामाग्री कृष्ण फिल्म्स (काठमाडौं) का निर्देशक बाबुराजा केसी ‘उज्वल’को समन्वयमा काठमाडौंबाट सोलुखुम्बु पठाईएको बताईएको छ ।