केदार बस्नेत, सोलुखुम्बु । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको माप्यदुधकोशी गाउँपालिका संयोजकमा बिभुषण राईलाई मनोनीत गरिएको छ। राई सामाजिक अभियान्ता समेत हुन्। ६ महिना भित्र पालिका अधिवेशन सफल गरि नेविसंघको विधि विधानमा रहि उचित जिम्मेवारी बहन गर्न भनिएको छ।
राईलाई मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेत, केन्द्रीय महासमिति सदस्य शम्भुहरी बास्तोला, जिल्ला उपसभापति प्रेमबहादुर थापामगर, जिल्लासदस्य धर्म तामाङ्ग नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अश्विनबाबू थापा, नेपाली कांग्रेस माप्यदुधकोशी गाउँपालिका सचिव तेज नारायण मगर लगाएतका नेताहरूको उपस्थिती रहेकोे थियो।