आयुषा बास्तोला, सोलुखुम्बु । नेपाली कांग्रेस नेचासल्यानले ज्येष्ठ नागरिक, असाहय अपांगका विरुद्धमा गाउँपालिकाले चालेका कदमको विरोध गरेको छ। आईतबार नेचासल्यान कांग्रेस सभापति निरकुमार शर्मा(जय नेपाल)ले प्रेश विज्ञप्ति मार्फत गाउँपालिकाका कदमप्रति आफूहरूको ध्यानाकर्षण भएको भन्दै जेष्ठ नागरिक, असहाय र असक्तहरुको सामाजिक सुरक्षा भत्ता दशैं अगावै उपलब्ध गराउन माग समेत गरेका छन्।
सोही विज्ञप्तिमा नेचासल्यान गाउँपालिकामा कार्यरत शिक्षकहरुले पनि आफ्नो पाउनुपर्ने पुरै पारिश्रमिक नपाएको भन्दै शिक्षकहरुले ४ महिनाको तलब पाउनुपर्नेमा ३ महिनाको मात्र पाएको भन्दै शिक्षकहरुले पाउने सेवा सुबिधा तत्काल उपलब्ध गराउनुपर्ने माग गरिएको छ। नेपाली कांग्रेस नेचासल्यान गाउँ कार्यसमितिको विज्ञप्तिको पुर्णपाठ यस्तो छ: