× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

भारतेन्दु मल्लिक मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

Simrik Online

२५ मंसिर २०७८, आईतवार

आयुषा बास्तोला, काठमाडौं । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय मधेसी नेता भारतेन्दु मल्लिकले मधेसी कोटा तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

वि.सं. २०४९, र २०५४ को स्थानीय तहको निर्वाचनमा झापा जिल्लाको भद्रपुर नगरपालिकाको मेयर बनेका मल्लिक राम्रो जनाधार भएका नेता मानिन्छन् । राजनीति सँगै मल्लिकले बीस. २०६६ मा दुग्ध विकास संस्थानको अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हालेका थिए। उनी अध्यक्ष भएपछि डिडिसीले नीतिगत सुधार गरि उल्लेख्य आम्दानी गरेको जानकारहरु बताउँछन् ।

नेतृत्व क्षमता राम्रो भएका मल्लिक प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । लामो राजनीतिक जीवन ब्यतित गरिसकेका मल्लिक गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा मधेसी तर्फबाट प्रत्यासी उम्मेदवार समेत थिए ।

कांग्रेस भित्र अहिले देखिएको चरम गुटबन्दी र पार्टीको आन्तरिक अधिवेशन सांगठनिक विचार निर्माणमा भन्दा व्यक्तिगत प्रचारमा बढी गएको र यसले कांग्रेसलाई कमजोर बनाउने मल्लिक बताउँछन्, उनले प्रचारबाजीले भन्दा कामले कांग्रेसलाई बलियो बनाउन सकिने धारणा राख्दै सबै महाधिवेशन प्रतिनिधिहरुलाई कांग्रेस मजबुत बनाउन कुनै प्रभावमा नपरी आफ्नो विवेक प्रयोग गर्न सुझाएका छन् ।