आयुषा बास्तोला, काठमाडौं । नेपाली कांग्रेसको चालू १४ ओैं अधिवेशनमा सोलुखुम्बु कांग्रेसकी लोकप्रिय नेतृ छुण्डील्हमु शेर्पाले आदिवासीजनजाति महिला तर्फबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेकी छन् । आदिवासीजनजाति महिलातर्फको मतमत्रमा छुल्डी ल्हमु शेर्पाको क्रमसंख्या ९ रहेको छ।
नेपाल महिला संघ सोलुखुम्बुकि अध्यक्ष शेर्पा नेपाली कांग्रेस सोलुखुम्बुबाट पुर्व महासमिति सदस्य समेत हुन् ।
संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको सोलुखुम्बुबाट समानुपातिक तर्फबाट प्रत्यासी उम्मेदवार समेत रहेकी, प्रष्ट वक्ता, निडर र मिजासिलो स्वभावकी शेर्पालाई पार्टी नेतृत्व तथा महाधिवेशन प्रतिनिधिहरुले निकै रुचाएका छन् ।