× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

पाकिस्तानी दूतावास र महासंघबिच सहकार्यको सहमति

Simrik Online

१८ माघ २०८०, शुक्रबार

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल महिला उद्यमी महासंघ (एफडब्ल्युइएएन) सहकार्य गर्न सहमत भएका छन्।
नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मी र नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिबिच भएको कुराकानीमा उक्त सहमति भएको पाकिस्तानी दूतावासले जनाएको छ।
अन्तरक्रियापछि राजदूत हासमीले आगामी अप्रिलमा नेपाल महिला उद्यमी महासंघको वार्षिक एक्स्पो लगायतका विभिन्न कार्यक्रम र विभिन्न मुद्दामा मिलेर काम गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।
नेपाल महिला उद्यमी महासंघसँग निकै उपयोगी अन्तरक्रिया भएको र उनीहरुको काम र वकालतले स्वदेश तथा विदेशमा महिला उद्यमीको सञ्जाल विस्तार भइरहेको आफूले पाएको राजदूत हास्मीले उल्लेख गर्नुभएको छ।- गोरखापत्र