Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
स्थानीय तहको आर्थिक संकट संघीय सरकारले समाधान गर्नुपर्छ

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

स्थानीय तहको आर्थिक संकट संघीय सरकारले समाधान गर्नुपर्छ

Simrik Online

३१ जेष्ठ २०८१, शुक्रबार

स्थानीय तहको आर्थिक संकट संघीय सरकारले समाधान गर्नुपर्छ

संघीय सरकारले पठाउने समानीकरण अनुदानको कटौती भएका कारण देशैभरका स्थानीय तह आन्दोलित भएका छन् । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा आएर समानीकरण अनुदानको २५ प्रतिशत रकम कटौती गर्दै संघीय सरकारले स्थानीय तहहरुमा बजेट पठाएको छ । संघीय सरकारले ५ वटा शीर्षकमा बजेट पठाउने गरेको छ । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण शीर्षक नै समानीकरण अनुदानलाई मानिन्छ । जसबाट स्थानीय सरकाहरूले विभिन्न विकास निर्माणका योजना बनाएर कार्यान्वयन गर्ने गरेका छन् । स्थानीय तहहरुले सुरुमा भनिएअनुसारको बजेटमा आधारित रहेर योजना बनाएर कार्यान्वयनमा गइसकेपछि अहिले अनुदान कटौती भएकोले अहिले स्थानीय तहहरूलाई निर्धारित बजेटका निर्माण कार्यहरूलाई अगाडि बढाउन निकै संकट परेको देखिन्छ ।
आर्थिक वर्षको अन्तिम समयमा सम्पुर्ण योजनाहरु कार्यान्वयनमा गइसकेका र भुक्तानी दिनुपर्ने समयमा बजेट कटौती हुँदा स्थानीय तहहरूसँग खर्चकाे भुक्तानी गर्ने आम्दानीको अर्काे उपाय छैन । संघीय सरकारले राजस्व संकलनमा आएको गिरावटको आधारमा अनुदान कटौती गरेको भने पनि स्थानीय तहहरूले गरिसकेको कामको भुक्तानीभने असार १५ भित्र दिनै पर्ने हुन्छ । त्यसका लागि स्थानीय तहहरुसँग बजेट ब्यवस्थापन गर्ने स्रोत नभएकोले त्यसको व्यवस्था संघीय सरकारले गर्नु पर्छ ।

महालेखा नियन्त्रक कार्यालयले २०८१ वैशाख १२ गते देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई ७४ दशमलव ११ प्रतिशतमा नबढ्ने गरी वित्तीय समानीकरण अनुदानतर्फको बजेट हस्तान्तरण गर्न परिपत्र गरेको थियोे । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा संघीय सरकारले स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रुपैयाँ बजेट वित्तीय समानीकरण अनुदानतर्फ विनियोजन गरेको थियो । तर त्यही बजेटबाट ७ सय ५३ स्थानीय तहहरुको रू. २४ अर्ब ५९ करोड बजेट कटौती भएको छ ।

राजस्व संकलनका प्रायःजसो जिम्मेवारीहरु संघीय सरकार अन्तर्गत पर्दछन् । देशभरका प्राकृतिक स्रोत र राजस्वबाट संकलित रकम प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न अन्तर-सरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था छ । ऐनको २०७४ परिच्छेद – ४ मा अनुदानसम्बन्धी व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निश्चित सूत्रमार्फत अनुदानको बाँडफाँटको सिफारिस सरकारलाई गर्ने गर्छ । सोहीअनुसार नै पालिकाहरूले समानीकरण अनुदान पाउने गरेका छन् । संघले दयामाया गरेर स्थानीय तहहरूलाई समानीकरण अनुदान उपलब्ध गराएको होइन । नेपालको संविधान २०७२ को मर्मअनुसार राजस्व बाँडफाँट गर्ने ऐनको निर्माण नै गरिएको छैन र संघलाई धेरै तथा प्रदेश र स्थानीय तहहरूलाई थोरै दिने व्यवस्था मिलाइएको छ । यसरी शुरुमै कम बजेट दिने अनि सोही बजेटबाट योजना बनाइ कार्यान्वयनमा गइसकेपछि पुनः बजेटमा कटौती गरिदिने गरेपछि स्थानीय तहहरु आर्थिक रूपमा र घाेषित याेजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न निकै संकटपुर्ण र समस्याग्रस्त बनेका छन् । निर्माण सम्पन्न र निर्माणाधीन योजनामा रकम भुक्तानी दिनुपर्ने दायित्वबाट स्थानीय सरकार पछि हट्न मिल्दैन । त्यसैले राजश्व संकलन कमी भएपनि अन्य बाटोबाट रकम भुक्तानीकाे ब्यवस्थापन गरि त‍ोकिए बमोजिमको बजेट स्थानीय तहमा पठाएर संघीय सरकारले आफ्नो दायित्व पूरा गरी स्थानीय तहको आर्थिक संकट र अभाव समाधान गर्नुपर्छ । यसतर्फ संघीय सरकार, संसदकाे समयमै ध्यान जाओस् ।