× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

बंगलादेशमा हिन्दु माथि भइरहेको हिंसात्मक घटनाप्रति विश्व हिन्दु महासंघको भत्र्सना

Simrik Online

२३ श्रावण २०८१, बिहीबार

किशोर शर्मा, काठमाडौं । बंगलादेशमा चलिरहेको आरक्षण विरोधी आन्दोलनको आड लागेर हिन्दु सनातन परिवार माथि भइरहेका घटनाप्रति विश्व हिन्दु महासंघ केन्द्रीय समितिले नेपाल र भारत सरकारको ध्यानाकर्षण गराउँदै  घोर निन्दा एवं भत्र्सना गरेको छ ।
महासंघका केन्द्रीय/अन्तर्राष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाद्वारा जारी विज्ञप्तिमा ‘बंगलादेशमा चलिरहेको आरक्षण विरोधी आन्दोलनको आड लागेर सनातन हिन्दु धर्मावलम्बी बंगलादेशी नागरिकहरुको घर-गाउँमा आगो लगाइदिने, मठ मन्दिरहरु ध्वस्त पारिदिने, कुटपिट र हमला गर्ने जस्ता अराजक आततायी दुष्कर्महरुको विश्व हिन्दु महासंघ केन्द्रीय समिति घोर निन्दा एवं भत्र्सना गर्दछ ।’ भनिएको छ।
यसका साथै महासंघले बंगलादेशमा धार्मिक अल्पसंख्यक हिन्दु सनातन परिवार माथि भइरहेका यस्ता दुष्कर्महरु तुरुन्तै बन्द गराई धार्मिक सद्भाव कायम गरी मानव अधिकारको रक्षाको लागि विशेष पहल गर्न बंगलादेश लगायत विश्वभरिका मुस्लिम धर्मगुरुहरु, मानव अधिकारको क्षेत्रमा काम गरिरहेका राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ/संगठन, बंगलादेशका वर्तमान सेना प्रमुख र संयुक्त राष्ट्र संघसँग अनुरोध गरेको छ ।
यस्तै महासंघले बंगलादेशमा स्थायी बसोबास गरिरहेका हिन्दु सनातनी जनताको पूर्ण सुरक्षाका साथसाथै अध्ययन लगायत अन्य विभिन्न प्रयोजनका लागि अहिले बंगलादेशमा रहेका नेपाल, भारत लगायत देशका सम्पूर्ण हिन्दु सनातनी नागरिकहरूलाई सुरक्षित रूपमा बसोबास, पेशा व्यवसाय र अध्ययन गर्न पाउने हकको सुरक्षाका लागि सक्रियतापूर्वक पहल गर्न नेपाल तथा भारत सरकारको समेत ध्यानाकर्षण गरेको छ  ।

यस्तो छ विश्व हिन्दु महासंघको विज्ञप्ति :