× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

बाढी, पहिरो र डुबानमा परी घाइते भएकाको नि:शुल्क उपचार गर्ने सरकारको निर्णय

Simrik Online

११ आश्विन २०८१, शनिबार
काठमाडौं । अविरल वर्षका कारण आएको बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने निर्णय भएको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाहरूलाई निशुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै, अवरुद्ध सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय गरेको छ । खानेपानी, विद्युतलगायतका सेवा सुचारु गर्नेबारे पनि सम्नब्धित मन्त्रालयले समन्वय गरी काम थाल्ने सरकारले निर्णय गरेको छ ।

समस्यामा परेका जनतालाई सरकारले यथासम्भव उद्धार र राहतको व्यवस्था गर्ने प्रवक्ता गुरुङले बताए ।