✍️ देवेन्द्र शर्मा
कविता
सायद मलाई चिन्नुनै भयाे हाेला
म बहुदल हुँ
भन्नेहरूले मलाई बेलायत वा कुनै पश्चिमीहरूकाे जात पनि भन्छन् ।
तर, म
निरङ्कुश एकतन्त्रीय व्यवस्थाका विरूद्धमा
दरवार, काङ्ग्रेस र राणाकाे गर्भमा हिन्दुस्थानकाे भुर्ण भएर जन्मिएकाे नयाँ व्यवस्था हुँ ।
म समभाव राख्छु ।
मिलेर बस्ने मेराे मूल भाव हाे ।
बाँडफाँड र साझेदारी मेराे सिद्धान्त हाे ।
लाेकहित मेराे आदर्श हाे ।
वर्गविहिनता मेराे नारा हाे ।
विभेद र उत्पीडनका विरूद्ध मुक्ति मेराे रणनीति हाे ।
म स्वतन्त्रता काे हिमायती हुँ ।
प्रजातन्त्रकाे पक्षपाती हुँ ।
म गरीबकाे सारथि हुँ ।
मेरा आफ्नै विशिष्ट विशेषता छन् ।
सवालहरू छन् ।
मान्यता र दृष्टिकोणहरू छन् ।
यिनका पछि लाग्नु मेराे परम कर्तव्य हाे ।
त्यसैले म बहुदल हुँ ।
म केही क्रान्तिकारी पनि छु ।
अग्रगामी र प्रगतिशील पनि छु ।
त्यसैकाे आँगनिमा ०१७ सालकाे पुस १ घट्याे ।
शिशु प्रजातन्त्रकाे चिरहरण भाे ।
कैद भाे, कुण्ठित भाे ।
क्रुद्ध भएर निल्न खाेजियाे ।
निलियाे र ३० सरदकाे चिसाे पछि
म मिर्मिरकाे उषा बनेर आँए ।
आशा बनेर आँए ।
जतिबेला,
मेरा आदर्शले घुँडा टेकेका थिए ।
जेलमा कैद भएका विचारका विमानहरूमा खिया लागिसकेकाे थियाे ।
देशका नर-नारीकाे तगदिरले त्याे भाग्यकाे गर्वलाई बाेक्न पाएनन्, देख्न पाएनन् ।
२०४६ काे आँधीले
जब म पुनः जन्मिएँ ।
मेरा आदर्शहरू प्रायः स्खलित भए ।
मेराे स्वरूप थियाे
तर स्वाद थिएन ।
मेराे परिचय थियाे
तर पहिचान थिएन ।
म जीवित नै प्रायः थिएँ
यद्यपि म स्वतन्त्र जीउन पाइन ।
जब म निष्प्राण प्रायः भएँ तब
म व्यापारी भएँ ।
भन्सारकाे प्रतिनिधि भएँ ।
सरकारी उद्योगकाे जिएम भएँ ।
प्रतिष्ठानकाे प्रमुख भएँ ।
म भूमिहिन
भूमि आयाेगकाे अध्यक्ष भएँ ।
म वर्गविहिनताकाे पक्षपाती मान्छे
म त कुलिन वर्गको हर्ताकर्ता भएँ ।
पञ्चायती विरासतका दरवारहरू
मेरा बैठक कक्ष बने ।
महाराजहरूसँगै भुजा ज्युनार गर्न लागेँ ।
दक्षिणका मित्रराष्ट्रहरूकाे राताे कार्पेटमा म हिड्न लागें ।
युरोपियनहरूसँग मेराे हिमचिम बडाे ।
मेरा सन्तानहरू अमेरिकी र बेलायती विश्वविद्यालयमा उच्च शिक्षामा छन् ।
अस्पताल र शिक्षालयहरूकाे निजीकरण क्रमशः गर्दै गएँ ।
विहारीकाे म्याट्रीक पासकाे प्रमाण-पत्र भन्दा लाेकप्रीय गरि मैले दक्षिणकालाई एकथान नागरिकता बाँडेँ ।
वर्षैदेखि विदेशीकाे घाँडाे दरवार हत्या गरेँ ।
चुरेकाे दाेहन
मेरै देन हाे ।
टनकपुर परियोजना
सायद म नहुँदाे हुँ असम्भव नै थियाे ।
मेरै जाेडवलमा राजतन्त्र अन्त्य भाे ।
धर्मनिरपेक्षता मार्फत्
याे देशकाे संस्कृति सक्ने क्रममा निरन्तर लागिरहैकै छु ।
यति सानू सुन्दर देशलाई सात भाग बनाएर
चाेक्टा रूङ्ने बनाएकै छु ।
एक मधेस एक प्रदेश बनाउन नसक्नु मेराे ठुलाे असफलता हाे ।
झन्डै दुई – सवा दुई लाख नेता, राष्ट्रसेवक कर्मचारी र जंगी अदिलाई विदेशीकाे एजेन्ट बनाएर भत्ता खुवाएकै छु ।
स्थापना देखि आजसम्म हेर्नुस्
मलाई चिन्ने र मान्नेहरू काे मालामा छैनन् ?
मेरा सबै आफन्तहरू हेर्नुस्
सरकारी नियुक्ति नलिने काे छ ?
अख्तियारले नदेखेकाे काे छ ?
अहङ्कार नभएकाे काे छ ?
आडम्बर नदेखाउने काेही देख्नुभा छ ?
सालिन र भद्र कसैलाई भेट्नुभा छ ?
विश्वविद्यालयका कुलपति कुट्ने मेरै भातृ र भगिनी हुन् ।
अस्पतालमा नर्स र डाक्टर कुट्नेहरू मेरै उत्पादन हुन् ।
मेरै जीवन कालमा
ट्रली बस सकियाे ।
बाँसबारी छालाजुत्ता कारखाना सकियाे ।
भृकुटी कागज समाप्त पार्ने मै हुँ ।
विराटनगर जुटमिल !
हेटौंडा कपडा उद्योग !
हिमालय सिमेन्ट कारखाना !
जनकपुर चुराेट कारखाना !
दर्जनाै चिनि कारखाना टाट पल्टिनुमा काे दाेषी छ ?
सायद तपाईं जानकार हुनुहन्छ ।
आज घरबार बिहिनहरूका शहरमा दरवार छन् ।
खालि खुट्टा मलाई समात्नेहरू वीसाैं पुस्ता बैभवले सुरक्षित छन् ।
धन दाैलतले मालामाल छन् ।
विडम्बना, यिनकै हर्कतहरूले
मलाई आतङ्क, अपराध, अराजकता र असमझदारीकाे एक स्तम्भ बनाएका छन् ।
तर,
याद गर्नुस् म त्यस्तो हुँदै हाेइन
म गद्दार छैन ।
नर-नारीले याद गर्नुस्
मलाई विकृत बनाउनेलाई राेक्नुभएन भने
मेराे नेतृत्वलाई फेर्नुभएन भने
कुनै बिहानी
तपाईंको राष्ट्रियता परिवर्तन भएकाे पाउनुहुनेछ ।
झण्डा र गान फेरिएको भेट्नु हुनेछ ।
अर्को बर्दिले तपाईंको आँगनमा परेट खेलेकाे देख्नुहुनेछ।
त्यसैले आजै मलाई सुधार गर्नुस् ।
म काेमामा छु ।