काठमाडाैं । सर्वोच्च अदालतले न्याय क्षेत्रमा हुने अनियमितता एवं भ्रष्टाचार सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेकाे छ। बुधबार सर्वाेच्च अदालतले बिचौलियाबाट हुनसक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायहरूका सम्बन्धमा न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिको प्रतिवेदन सार्वजनिक गरेको हाे।
न्यायाधीश कार्की नेतृत्वको समितिले गत साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई प्रतिवेदन बुझाएको थियो। त्यसको केहीदिनमा सर्वोच्च अदालत प्रशासनले सबै न्यायाधीशहरुलाई अध्ययनका लागि भन्दै प्रतिवेदन उपलब्ध गराएको थियो।
बुधबार बसेको सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्णबैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो। समितिले न्यायाधीशको सरुवा र काज, न्यायाधीश माथिको कारबाहीमा असमानता, विचौलियाका कारण भ्रष्टाचार बढेको औल्याएको छ।