काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु भएको छ। महाधिवेशनको बन्द सत्र भने भोलीबाट सुरु हुनेछ । भोली २५ गते शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यसूचि रहेको निर्वाचन समितीले जानकारी दिएको छ । पार्टीको नेतृत्व लिन सभापतिदेखि केन्द्रिय सदस्यका उम्मेदवारसम्मले आ-आफ्नो दाबी र प्रचारपसारलाई तिव्रता दिइरहेका छन् । संस्थापन समुहमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्विकल्प उम्मदेवार हुन् ।
उता संस्थापन इतरपक्षले भने हामीले यो सामाग्री तयार पर्दासम्म उम्मेदरवार चयन गर्न सकिरहेको छैन् । धेरै जनाले आँकाक्षा गरेकाले सो पक्षलाई सभापति पदमा कसलाई उम्मेदवार बनाउने भन्नेमा सकस देखिएको छ । सभापति देउवापक्षबाट यतिबेला वर्तमान उपसभापति बिजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्काको नाम उपसभापति पदको लागि चर्चामा रहेको छ । ‘वर्तमान कार्यसमितिका उपसभापति गच्छदार नै अगामी कार्यसमितिको उपसभापति पदका बलिया दाबेदार हुन्’ एक केन्द्रीय नेताले हामीसंग भने ।
महामन्त्री र सहमहामन्त्री पदमा धेरैको दाबी भएकाले उम्मेदवार छान्न सकस भएको नेताहरुको भनाई छ ।
हालको कार्यसमितिका दुई उपसभापति मध्ये विमलेन्द्रनिधिले सभापतिमा उम्मेदवारी दिने तयारी गरेसंगै गच्छदार उपसभापति पदका बलिया उम्मेदवारको रुपमा देखिएका छन् । तत्कालिन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा संमायोजन गरेका गच्छदारसंग एउट छुट्टै देशव्यापी समुह र पुराना कांग्रेसीहरुको आशा र भरोसा पनि छ । पार्टी एकतालाई बलियो र भावनात्मक एकताको लागि पनि यस पटक नेता गच्छदारलाई महाधिवेशन प्रतिनिधीहरुले सहजै छान्ने देखिन्छ ।
पाँच दशक लामो समय पार्टी राजनीति र मुलुकको हितका लागि समर्पण गरेका गच्छदार पहाड र मधेसलाई भावनात्मक रुपमा जोड्ने नेताको रुपमा परिचित छन्।
तराई मधेसमा रहेको समस्यालाई समाधान गर्दै अनिश्चित रहेको प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन गर्न आन्दोलनरत मधेसवादी दलहलाई सहमतिमा ल्याउने कार्यको नेतृत्व गच्छदारले गरेका थिए ।
एकपटक असफल भएको संविधानसभा दोस्रो पटक पनि के हुने भन्ने अन्यौल रहेको बेला गच्छदारले तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक ठाउँमा ल्याई १६ बुदेँ सहमति गराउदैं संविधान निर्माणको आधारशिला तयार गरे । जसको श्रेय कांग्रेस नेता गच्छदारलाई जान्छ ।
संकटको बेला राष्ट्र र पार्टीलागि योगदान गर्ने नेता गच्छदारलाई कार्यकर्ताले पक्कैपनि मुल्यांकन गर्ने निकटरहेका नेताहरुको भनाई रहेको छ । गत आमनिर्वाचन अघि मुलुका प्रमुख पार्टी एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दा तत्कालिन लोकतान्त्रिक फोरमलाई समेत सो गठबन्धनमा समावेश गराउन ओली र प्रचण्डले सत्ता साझेदारीसम्मको आर्कषक प्रस्ताव गच्छदारलाई गरेका थिए ।
‘सत्ताभन्दा मेरालागि लोकतान्त्रीक मुल्य मान्यता प्रमुख कुरा हो भन्दै कांग्रेस कमजोर हुदाँ मुलुक र लोकतन्त्र कमजोर हुन्छ बरु म प्रतिपक्षमै बस्छु’ गच्छदारले भनेका थिए । अधिनायकवाद र कम्युनिष्ट राज्यसत्ता तय गर्ने भ-याङ्ग बन्दिन भन्दै कांग्रेससंग पार्टी एकता गरेका थिए । तत्कालिन लोकतान्त्रिक फोरमका धेरै नेता कार्यकर्ता भूमिका विहिन हुदाँ पनि उनको साथ छोडेका छैनन् ।
नेपाली कांग्रेस पार्टीभित्र नेता गच्छदार तेस्रो निर्णायक शक्ति हुन् । लामो राजनीतिक अनुभव र एउटा पार्टीको एक दशक लामो समय नेतृत्व गरेका गच्छदारसंग राम्रो जनाधार भएका नेताहरुको साथ छ । नेताहरु रामजन चौधरी, भारतेन्दु मल्लिक, हरि न्यौपाने, डा.गोपाल दहित, योगेन्द्र चौधरी, युवानेता गणेश लामा लगायतको सशक्त समुह नेता गच्छदारसंग रहेको छ।