× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

भावुक बन्दै नेइमार र एमबाप्पे, भन्छन् – हार पनि खेलको पाटो हो

Simrik Online

७ भाद्र २०७७, सोमबार

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलमा जर्मन च्याम्पियन वायर्न म्युनिखसँग पराजित भएपछि फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डद्वय नेइमार र केलियन एमबाप्पे निकै भावुक बनेका छन् ।

खेल सकिएपछि नेइमारलाई सम्हाल्न केही खेलाडी लागेका थिए । पुरस्कार वितरण समारोहसम्म भावुक बनेका नेइमार र एमबाप्पेले समाजिक सञ्जालमार्फत भने वायर्नलाई खुलेर बधाई दिएका छन् । “हार खेलको एउटा पाटो हो । हामीले जित्नका लागि सबैथोक गर्‍यौं । अन्त्यसम्म लड्यौ,’ भन्दै ‘समर्थनका लागि सबैलाई धन्यवाद दिन चाहान्छौं । बधाई वायर्न ।’ नेइमारले लेखेका छन् ।

आइतबार अबेर राति पोर्चुगलको लिस्बनमा भएको फाइनलमा भिडन्तमा पिएसजीलाई वायर्नले १-० गोलले पराजित गरेर छैटौं पटक उपाधि जितेको हो । वायर्नको जितमा किङ्गस्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो ।

खेलमा पिएसजीका एमबाप्पे, मार्किन्होस र नेइमारको प्रहारलाई वार्यनका गोलकिपर म्यानुयल नेउरले विफल पारेका थिए।

२१ वर्षीय एमबाप्पेको च्याम्पियन्स लिग जित्ने सपना यो सिजन पूरा हुन सकेन । चार लिग वान र विश्वकपको ट्रफी जितिसकेका एमबाप्पेले आफ्नो लक्ष्य च्याम्पियन्स लिग भएको बताएका थिए ।

एमबाप्पेले उपाधि जित्न नसक्दा दु:ख लागे पनि वायर्नलाई बधाई दिन भने चुकेनन् ।

‘यो वर्ष उत्कृष्ट अवार्ड हात पार्न नसक्दा दुख लागेको छ । तर जीवन यस्तै हो,’ उनले लेखेका छन्, ‘हामीले सक्ने जति गर्‍यौ । वायर्नलाई बधाई छ । र तपाईंहरुको समर्थनका लागि धेरै धेरै धन्यवाद छ ।’