Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
ओमनमा नेपाली दूतावासको भवन बन्ने सम्झौता

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

ओमनमा नेपाली दूतावासको भवन बन्ने सम्झौता

Simrik Online

९ भाद्र २०७७, बुधबार

काठमाडौँ । ओमानमा नेपाली राजदूतावासको भवन बनाउन जग्गा भाडामा लिने विषयमा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच उक्त सम्झौता भएको ओमान स्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

ओमानको परराष्ट्र मन्त्रालयमा हिजो हस्ताक्षर कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको दूतावासले बताएको छ । नेपाली दूतावास भएका देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न गरिएको दूतावासले जानकारी गराएको छ ।
ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद बिन नासिर बिन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१ सय वर्गमिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइनेछ ।

हस्ताक्षर कार्यक्रम पश्चात् भएको भेटमा मोहम्मद बिन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताउनुभयो ।

नसिरले जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा राजदूतलाई बधाई दिँदै आगामी दिनमा समेत यस्तो सहकार्यका लागि ओमान सरकारको तर्फबाट प्रतिबद्धता जनाउनुभयो ।
भेटमा उहाँले नेपाल – ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानुपर्ने धारणा साटासाट गर्नुभयो ।

खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदैआएको छ ।
क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दैआइरहेको छ । समग्र खाडी क्षेत्रमै ओमानको उपस्थिति एक शान्तिप्रेमी राष्ट्रको रूपमा रहेको छ ।

त्यसैगरी आफ्नै भवन हुँदा दूतावासको बर्सेनि घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दीर्घकालीन रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने दूतावासको विश्वास छ ।
विदेशी राजधानीमा नेपाली दूतावासको आफ्नै मौलिक एवम् कलात्मक भवन बनाउने दूतावासले जनाएको छ । उक्त भवनको निर्माणपश्चात् ओमानमा बस्ने नेपालीहरूलाई पनि दैनिक सेवा लिन थप सहज हुनेमा विश्वास लिइएको छ ।
अब बन्ने भवनबाट नेपाली उत्पादनहरूको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाई व्यापार तथा पर्यटन प्रवर्द्बनमा समेत थप योगदान पुर्याउने दूतावासको योजना रहेको छ । – गोरखापत्र