× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

जापानका प्रधानमन्त्री आबेको राजीनामा

Simrik Online

११ भाद्र २०७७, शुक्रबार

जापानका प्रधानमन्त्री शिञ्जो आबेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलन गरेर पद छाड्ने बताएका हुन् । उनले भने, “मेरो कार्यकाल अझै एक वर्ष बाँकी छ तर मेरो स्वास्थ्यका कारण सरकारका कामकार्वाहीमा नकारात्मक असर नपरोस्, यसै कारण मैले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेको हुँ ।”

६५ वर्षका आबे लामो समयदेखि पेटको बिरामबाट पीडित थिए । यसै महिना उनी दुईपटक अस्पताल गइसकेका छन् । उनको स्वास्थ्यलाई लिएर जापानका मिडियामा चर्चा भइरहेको थियो ।

शिञ्जोले यसै महिनादेखि सात वर्ष छ महिना प्रधानमन्त्रीको कार्यकाल पूरा गरेका छन् । विगत ५० दिनदेखि उनी कुनै सार्वजनिक कार्यक्रममा सहभागी थिएनन् ।

उनी लामो समयदेखि पेटको विरामबाट पीडित थिए । उनको अल्सरट्रेटिव कोलाइटिस छ । आन्द्रा सुनिने समस्याबाट उनी ग्रसित छन् । सन् २००७ सालमा यही रोगका कारण प्रधानमन्त्री भएको एक वर्षमा राजीनामा दिएका थिए । अब उनी नियमित उपचर गरेर यो रोगलाई नियन्त्रणमा राख्नेछन् । पहिला यो रोगको उपचार थिएन । यस्तो विरामी भएकालाई उचित खानपान नहुँदा र बढी तनाव भयो भने यो रोगले समस्या बनाउँछ ।

देशमा शिञ्जोको लोकप्रियता घटिरहेको थियो । आइतबार भएको एक अनुसन्धानमा उनको छवि कमजोर भएको आएको थियो । ५८ दशमलव ४ प्रतिशत जनता उनको कोरोनाको हल गर्ने तरिकाबाट जनता वेखुशी थिए । विद्यमान मन्त्रीपरिषदको कामकार्वाहीको रेटिङ ३६ प्रतिशतमात्र छ, जबकि २०१२ यता शिञ्जोको प्रधानमन्त्री बनेपछिको सबैभन्दा अलोकप्रिय अवस्था हो । जबकि अन्य देशको तुलनामा जापानमा कोरोनाको महामारी धेरै हदसम्म नियन्त्रणमा छ । अहिलेसम्म ६२ हजार संक्रमित छन् र एक हजार दुई सयको ज्यान गएको छ ।

एकातिर स्वास्थ्यमा परेको समस्या र अर्काे उनको गिर्दाे लोकप्रियताका कारण उनले राजीनामा दिएको टिप्पणी भइरहेको छ । – एजेन्सी