× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

स्वास्थ्य बिमाको भुक्तानी नै १६ अर्ब बढी बाँकी छ, कसरी चलाउने ? : बोर्ड

Simrik Online

२२ चैत्र २०८१, आईतवार

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले  १६ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। बिमा बोर्डले आज पत्रकार सम्मेलन गरी फागुन मसान्तसम्म बिमा लागू भएका अस्पतालमा १६ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको हो।
बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जनशक्ति र प्रयाप्त बजेट नहुँदा असार मसान्तसम्म २४ अर्ब रकम भुक्तानी हुन बाँकी हुने जनाएका छन्। कार्यकारी अध्यक्ष काफ्लेले बोर्डमा  १ अर्ब मात्र रकम छ तर, भुक्तानी गर्न बाकीँ १६ अर्बभन्दा बढी हुँदा बिमा कार्यक्रम चलाउन  समस्या भएको बताएका छन्।  ‘मासिक करिब २ अर्ब रकम सेवा प्रदायकबापत खर्च हुन्छ। आम्दानीभन्दा खर्च १५ गुणा बढी छ ‘ उनले भने।
कार्यकारी अध्यक्ष  अर्थ मन्त्रालयसँग डा. काफ्लेले १ सय दिनभित्र दाबी भुक्तानी गर्न १ सय ९२ जना कर्मचारी राख्न प्रस्ताव राखेको बताएका छन्। दरबन्दी कम हुँदा पनि समयमा भुक्तानी हुन नसकेको भन्दै उनले बोर्डमा २६ जना मात्र दरबन्दीमा कर्मचारीमा २२ जना मात्र कार्यरत रहेको जनाएका छन्। अहिलेको दरबन्दीले रात दिन काम गरे पनि १ बर्षसम्म पनि भुक्तानी हुन सक्दैन। समयमा नै भुक्तानी दिन दरबन्दी थप गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेका छौँ , उनले भने।
२०७२ साल चैत्र २४ गतेदेखि लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा ८९ लाख ५२ हजार १३५ जना व्यक्ति आबद्ध भएका छन्। जसमा ५७ लाख ५३ हजार ८१७ जना मात्र फागुन मसान्तसम्म बिमा नवीकरण गरेका छन्। स्वास्थ्य बिमा बोर्डका अनुसार ३५६ स्थानीय तहमा मात्र प्रथम विन्दु पुगेको छ। ३९७ स्थानीय तहका बिमितहरू अन्य स्थानीय तहका सेवा केन्द्रमा जानुपर्दा नवीकरण कम हुन थालेको बताइएको छ। बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीले बिमा कार्यक्रममा आबद्ध भएका ५४ प्रतिशत व्यक्तिले नवीकरण नगरेको बताएका छन्।
बिमामा आवद्ध भएका पनि ४८ प्रतिशत व्यक्तिले मात्र सुविधा लिएका छन्। देशभर  ४०४ सरकारी अस्पताल, ४८ निजी र ३३ वटा सामुदायिक स्वास्थ्य संस्था सूचीकृत छन्।