× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा

Simrik Online

१६ भाद्र २०७७, बुधबार

बाबुराम आचार्य, काठमाडौं । काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराति सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

कोरोना भाइरस जोखिमलाई विश्लेषण गर्दा अझै केही समय निषेधाज्ञा थप्नुपर्ने देखिएकोले सोही अनुसार एक सातासम्म यसअघिकै निर्णयलाई निरन्तरता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

काठमाडौंका प्रजिअ जनकराज दाहाल, भक्तपुरकी प्रजिअ हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टको संयुक्त बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।