× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

यसरी जगाउँ कांग्रेस !

Simrik Online

१७ भाद्र २०७७, बिहीबार

युवराज घिमिरे

विश्वेश्वरप्रसाद कोइरालाबाट प्रतिपादित सिद्धान्त लिएको नेपाली कांग्रेस पार्टीको नेतृत्व वर्गले अहिले लगभग विचार विर्सेको अबस्था छ । नेताहरुले आम जनताको भावनालाई वास्ता नगरी आफ्नो स्वार्थमा लागेको देखिन्छ । राजनीतिलाई सेवा होइन पेसा बनाइ रहेका छन् । विचारको लडाइ लड्नु पर्ने समयमा आफ्नो स्वार्थको लडाइ लडिरहेका छन् । नेताहरु केन्द्र देखि टोल सम्म आ-आफ्नो स्वार्थ समुहमा विभाजित भएका छन् । नेतृत्व तहले कांग्रेस रहेमा मात्र म र हामी रहन्छौं भन्ने भावना लिए जस्तो लाग्दैन । पार्टी हारे पनि आफ्नो मान्छे उम्मेदवार हुँदा खुसी हुने नेतृत्वबाट समग्र कांग्रेस पार्टी र कार्यकर्ताको भविष्य के हुने ?

पार्टीलाई कसरी मजबुत बनाउन सकिन्छ भनेर चिन्ता लिनु पर्ने समयमा नेताहरु सहरका होटलहरुमा पार्टीको हित विपरित कोठे बैठक गरिरहेका छन् ।बिधान बमोजिम समायोजन भएका साथिहरुका बिरुद्ध अवैध समूह खडा गर्दै हिडेका छन् । निर्वाचनमा आफ्नै साथीका बिरुद्ध बागी उठाउदै हिडेका छन् ।

ने.क.पा.ले विकासका योजनाहरु आफ्नो पार्टीको सदस्यतासँग साटीरहेको छ । यस्तो अबस्थामा नेपाली कांग्रेस सोलुखुम्बुका नेतृत्व बर्गले एकीकृत भई पार्टीमा म होइन हामी छौं भन्ने भवनाको विकास गरेरर पार्टी सङ्गठनलाई मजबुत बनाउनको लागि निम्न विषयमा बेलैमा ध्यान दिन जरुरी छ ।

१. नेतृत्व वर्ग तथा नेतृत्व गर्न चाहनु हुने नेतगणहरु सहर केन्द्रित नभई गाउँ केन्द्रित हुनुपर्दछ ।

२. निर्वाचनका समयमा पार्टीको तर्फबाट उम्मेद्वार भएका साथिहरु अा-आफ्नो क्षेत्रमा गई सरकारले गरेका विकास योजनाहरुको अनुगमन गरी त्यहाँ भएका अनियमिता र भ्रष्ट्राचारको भन्डाफोर गर्दै जनताको घर दैलोमा जानुपर्दछ ।

३. पार्टीका गतिबिधिहरु चलायमान बनाउनको लागि प्रत्येक वडामा बुथ समिति, वडा कार्य समिती, तरुण दल, महिला संघ, दलित संघ, ने.वि.संघ लगायतका सम्पुर्ण भात्री तथा शुभेच्छुक संस्थाको पुर्णता दिनु पर्दछ ।

४. नेपाली कांग्रेस पर्टीलाई जिताउनको लागि महत्वपुर्ण योग्दान दिनु हुने प्रत्येक वडा भित्रका ६० बर्ष नाघेका अग्रजहरुको नामावली संकलन गरि वहाँहरुलाई सम्मान गर्नु पर्दछ ।

५. पार्टीको विधान बमोजिम कार्यकार्तालाई पार्टी प्रति जिम्मेबार बनाउन समय समयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गराउनु पर्दछ ।

६. आम कार्यकर्ताहरुमा भएको ब्यक्तिगत तथा संस्थागत समस्याहरुको समाधान गर्न चासो दिनु पर्दछ ।

७. कार्यकर्ताहरुलाई आसामुखी होइन रोजगारमुखी बनाउनको लागि स्थानीय स्रोत साधन प्रयोग गरि समय-समयमा सीपमुलक तालिमको ब्यबस्था गर्नु पर्दछ । जस्ले गर्दा कार्यकर्ताको अर्थतन्त्र बलियो हुनेछ ।

८. पार्टीको भावी नीति तथा कार्यक्रम बनाई प्रत्येक वडामा जनमुखी कार्यक्रम सञ्चालन गर्नु पर्दछ । आफ्नो पार्टिको सरकारका समयमा गरेका विकासहरुको अभिलेख गरि जनता माझ लानु पर्दछ ।

९. पार्टीको क्रियाशिल सदस्यता बितरण गर्दा प्रत्येक वडामा बैठक राखी बिधान बमोजिम आफ्नो होइन हाम्रो र राम्रो मान्छेलाई बैठकबाट निर्णय गरे बमोजिम गर्नु पर्दछ साथै पार्टीको नयाँ सदस्यता बितरण अभियान सञ्चालन गराउनु पर्दछ ।

१०. नेतृत्व तहले हस्तछेप नगरी समावेशिताका आधारमा स्थानिय तहले निर्णय गरे बमोजिम निर्बाचनमा टिकट बितरण गर्नु पर्दछ र चुनाब जिताउन सजिलो हुनेछ ।

११. प्रत्येक वडामा आफ्ना सदस्य र क्रियाशिल सदस्यहरुको नामावली संकलन गरी वर्षैपिच्छे अध्यावधिक गराउनु पर्दछ ।

१२. आफ्ना मतदाताको नामावली संकलन गरि छुटेकालाई मतदाता नामावलीमा नाम दर्ता गराउने अभियान सञ्चालन गराउनु पर्दछ ।

१३. वार्षिक रुपमा विधान बमोजिम अनिवार्य गाउँ सम्मेलन र जिल्ला सम्मेलन गर्नु पर्दछ ।

१४ . विधान बमोजिम पार्टी हितका पक्षमा कार्य गर्ने नेता तथा कार्यकर्ताहरुलाइ पुरस्कृत गर्ने र पार्टीको हित विपरित कार्य गर्ने जो कोही नेता कार्यकर्तालाई दण्ड दिने हिम्मत नेतृत्व तहले राख्नु पर्दछ ।

आगामी दिनमा पार्टी नेतृत्व वर्गले माथिका कुराहरुमा ध्यान दिँदै जनमुखी नीति तथा कार्यक्रम तयार गरी सोही अनुसार अगाडि बढेमा जिल्लामा संगठनको अबस्था निकै मजबुत बन्नेमा दुईमत रहन्न । कांग्रेसलाई पुनः जगाउन सकिन्छ । जय नेपाल ! (लेखक : युवराज घिमिरे, नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमिति सदस्य तथा अभिलेख विभागका संयोजक हुन् ।)