काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ओपिडी सेवा निशुल्क शुरु गरेको छ । केएमसी अस्पतालका नवनियुक्त अध्यक्ष डा.सुनिल शर्माका अनुसार अस्पतालले बिहीबारबाट लागू हुनेगरी ओपीडी सेवा निःशुल्क गरेको हो । यसअघि अस्पतालले अोपीडी शुल्क बापत प्रति बिरामी १ सय रुपैयाँ लिँदै आएको थियो ।
डाक्टर सुनिल शर्मा गत सोमबारदेखि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलको अध्यक्ष बनेका हुन् । यसअघि उनी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका थिए ।
बिरामीहरुलाई उपचारमा सहुलियत प्रदान होस् भनेर ओपीडी सेवा निःशुल्क गरिएको अध्यक्ष डाक्टर शर्माले बताएका छन् । काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भईरहेको छ ।यी दुवै अस्पतालमा ओपीडी सेवा निःशुल्क हुनेछ।