× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

सुनिलको आगमनसँगै केएमसीमा २४९९ मै पीसीआर परीक्षण हुने

Simrik Online

२० भाद्र २०७७, आईतवार

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले रु. २४९९ मै कोरोना परीक्षण पिसिआर गर्ने घोषणा गरेको छ । देशमा कोरोना संक्रमणको दर बढेसँगै केएमसीले संस्थागत रुपमा परीक्षण गर्न आउनेलाई रु. २४९९ रुपैंयामै पिसिआर परीक्षण गर्ने घोषणा गरेको हो ।

सर्वसाधारण देखि बैंक तथा वित्तीय संस्था, ठूला व्यापारीक घराना र विभिन्न संघ सस्थाहरुले यसबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

केएमसीका नवनियुक्त अध्यक्ष डा. सुनिल शर्माले सरकारले रु. ४४०० रुपैंयामा कोरोना परीक्षण गराउन भनेपनि सरकारलाई कोरोना भाइरससँग लड्न सहयोग पुर्याउन रु. २४९९ रुपैंयामै पिसिआर परिक्षणको सुविधा उपलब्ध गराएको बताएका छन् । राजधानीमा केही दिन यता कोरोना संक्रमतिहरुको संख्या बढ्दो छ । कोरोना संक्रमण समुदाय स्तरमै पुगेको अनुमान गरिएको छ । राज्यको श्रोतसाधनले पिसिआर परीक्षणको दायरा बढाउन नसकेको अवस्थामा निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था केएमसीले सर्वसाधारणले पनि पिसिआर परिक्षण गराउन सक्ने गरी शुल्क घटाएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हामी नेपाल सरकारलाई र आम जनतालाई कोरोना संक्रमण नियन्त्रण र रोकथाममा सहयोग गर्न चाहन्छौं । महामारीको बेला सरकारी र निजीक्षेत्र नभनौं ।’ डा. शर्माले भनेका छन् ।

राजधानीका निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा पिसिआर रिपोर्ट पाउन समय लाग्ने भएपनि केएमसीले सोहि दिन रिपोर्ट दिने भनेको छ । आम सर्वसाधारणले केएमसीको सिनामंगल र भक्तपुरको दुवाकोट स्थित दुबै हस्पिटलबाट कोरोना परीक्षण गराउन सक्छन् ।

भक्तपुरको दुवाकोटमा केएमसीले कोरोना विरामीकै लागि भनेर छुट्टै अस्पताल सञ्चालन गरेको छ भने, काठमाडौंको सिनामंगलमा कोरोना संक्रमितको लागि भनेर छुट्टै स्थानमा वेडहरुको व्यवस्थापन गरीएको छ ।

नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा.सुनिल शर्माको नयाँ ब्यबस्थापन र उनको आगमनसँगै केएमसीले ओपिडी सेवा पनि निःशुल्क गरेको छ ।