काठमाडौं । वामपन्थी ६ ट्रेड युनियन महासंघको आज भदौ २१ गते अपरान्ह समाजवादी ट्रेड युनियन महासंघको कार्यालय बालकुमारी, ललितपुरमा सम्पन्न भएको बैठकले भदौ २५ गते माइतीघर मण्डलामा विराेध सभा गर्ने निर्णय गरेको छ ।
बैठकले ऋषि कटेलले नेतृत्व गरेको नेकपा निकट अखिल नेपाल ट्रेड युनियनलाई ६ ट्रेड युनियन महासंघमा आबद्ध गराउने निर्णय पनि गरेको छ । यो निर्णय संगै अब ७ ट्रेड युनियन महासंघको संयुक्त मोर्चा बनेको छ ।
कोभिड-१९ को आतंक र राज्यद्वारा जारी लकडाउन/निषेधाज्ञाले रोजगारी कटौती, तलब सुविधाको कटौती र राज्य एवं पुँजिपति वर्गको मजदुर विरोधी नीतिले मुख्यतः मजदुर वर्गले अपुर्ब संकटको सामना गर्नु परेको आजको सन्दर्भमा उत्पीडित मजदुरको पक्षमा देशव्यापी संघर्ष अगाडि बढाउने निर्णय गरेको छ । सोहि योजना अनुरुप यहि भाद्र २५ गते माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन सम्पन्न गर्ने निर्णय गरेको छ ।
७ ट्रेड युनियन महासंघले आयोजना गर्ने संयुक्त संघर्षमा गतिशील र सक्रिय भुमिका पुरा गर्न सम्पुर्ण उत्पीडित मजदुर वर्गलाई विशेष अपिल र आव्हान पनि गरेको इश्वर तिमिल्सिनाले बताएका छन् ।