× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
जीवन शैली

४० जना निजामती कर्मचारी पुरस्कृत (नामसहित)

Simrik Online

२१ भाद्र २०७७, सोमबार

काठमाडौ । १७ अौं निजामती सेवा दिवसको अवसरमा सरकारले भदाै २२ गते १० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार गरि ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गरेको छ । बेइजिङ स्थित राजदुतावासका सहसचिव सुशील कुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल,  उपसचिव डिलाराम पन्थी तथा सुरतकुमार बम, टामलाल पाण्डे, उषादेवी देवकोटा र धनबहादुर लामा समेत १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् । काठमाडौंका प्रजिअ दाहालले काठमाडौं जिल्ला प्रशासन आएपछि सेवा प्रवाह सुधारमा उल्लेख्य भुमिका खेलेका थिए । त्यसैगरि झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठलाई पनि १ लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । श्रेष्ठले पनि कमल गाउपालिकामा उल्लेखनीय सुधारका कार्यहरु थालेका छन् । साथै स्थानीय तहमा सुशासन र विकासका कार्यक्रम सञ्चालन गर्न श्रेष्ठले प्रभावकारी भुमिका निर्वाह गर्दै आइरहेका छन् । कमल गाउँपालिका प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्वाचन क्षेत्रमा पर्दछ । उत्कृष्ट निजामती पुरस्कारको राशि १ लाख रहेको छ ।
यस्तै ५० हजारको निजामती सेवा पुरस्कार ३०जनाले पाएका छन् । जसमा रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खेमराज कोइराला, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, बावुराम अधिकारी रहेका छन् । यस्तै सो पुरस्कार पाउने अन्यमा विरेन्द्रकुमार मिश्र, टिकाराम ढकाल, रञ्जित कुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल, मञ्जु सिंह, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, जानुका पोख्ररेल आचार्य लगायत  ३० जना रहेका छन् ।