× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

व्यवसायिक घरभाडा मिनाहा होस् : महासंघ

Simrik Online

२२ भाद्र २०७७, मंगलवार

काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशब्यापी बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।

व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गर्दै झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग, व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेेेका हुन् । “लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ”, अध्यक्ष कटुवालले भनेेेेका छन् ।

राष्ट्रिय व्यवसायी महासंघले १ वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर पनि तुरुन्त ल्याउन माग गरेको छ । देशभरका २ दर्जनभन्दा बढी व्यवसायी संस्था आबद्ध रहेको महासंघ वि.सं. २०७४ सालमा स्थापना भएको हो ।