× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
विचार/ब्लग

तेजस्वी सूर्य वीर विश्वेरश्वर !

Simrik Online

२३ भाद्र २०७७, बुधबार

✍️ देवेन्द्र शर्मा जमरकट्टेल

कविता

भय, भोक, त्रास र वेदना
खतराको दैनिन्यमा
सहज स्वीकृतीको मुस्कान
स्वाधीनताको अविचलित यात्रा
क्रान्ति नायकको निष्कर्ष

एउटा दर्शनको प्रर्वतक
कुशल योजनाकार
देश र भेष बुझेको जनजनका नायक जननायक
निरङ्कुशता, अत्याचार र षड्यन्त्रको कुरा बुझेको मान्छे
मृत्युको मुखैबाट मृत्यु जितेको योद्धा
राष्ट्र विप्पलव र देश द्रोहले पोल्ने कुस्तिक प्रयासका बीचमा
नेपाल र नेपाली मात्रको हित चाहेर स्वदेश स्वीकारेका राष्ट्रसेवक
एक राजनेता !
षड्यन्त्रनै षड्यन्त्रको दरबार बुझ्दा पनि
देशको हित र जनताको जितमा
बुझेन दरबारले भनेर
बुझाउने चेष्ठा गर्ने एउटा चिन्तक
मौलिक दर्शनका प्रर्वतक
भाषा, संस्कृति र सभ्यताका ज्ञाता
आदर्श पिताका आदर्श पुत्र
आदर्श माटोका आदर्श पुरुष
सपनाको योजना होइन
विपनामा रेखाङ्कन गर्नसक्ने
शान्तिकै शिलमा क्रान्तिको मार्गदिने
सिङ्ग‍ो एसियाका नक्षत्र
साहित्य, राजनीति र दर्शनको त्रिवेणी
गरिबको झुप्रो र झुत्रो योजना आयोगको दृष्टि बनाउने योजक,
महामानव वीर विश्वेश्वर !

जबसम्म तिम्रो भौतिक लिला यो धर्तीमा थियो
जुन सोच, चिन्तन र दर्शनका प्रणेता भएर
यो धर्ती र धर्तीको धरातल पछि थियो
जब तिमीले,
एउटा तेजस्वी सोच, चिन्तन र दर्शन दियौं
अनि,
तिम्रो भौतिक लिला पञ्चतत्त्वमा विलीन भयो ।
अनि धर्ती अघि भयो
तिम्रो विचार स्वर्ण लिपिमा लिपिबद्ध भए
इतिहासका ठेलीहरूमा कुन्ठित भए,
बन्धक भए, मन्त्र भए
क्रमश:
कति विद्वान, विश्लेषक र बुझ्रुकहरूले
तिमीलाई सपनाकार भने
बीपीका सपना साकार पार्छौं भनेर नारा दिए
नारा बेचर
झुप्रेहरू महलका मालिक भए
खाली खुट्टा तिम्रो विचार समाउनेहरू
आज पजेरोमा सयर गर्छन्
हिजोका शोषितहरू नै
आज शोषक भए
हिजोका पीडितहरू नै
आज पीडक भए
तिमीले देखेका सयमा नब्बे गरिब नेपालीहरू
आजपनि उस्तै छन्
उनीहरूको दैनिन्य कारुणिक छ
ओखती, स्कुल, नाना, छाना र पोषणयुक्त खाना
आजपनि अक्सर नेपालीको चुनौति नै हो ।

तिमीले देश र भेष बुझेर
माटो र माटोको कर्तव्य बुझेर
भाङ्ग्रो लगाउनेको व्याथा,
आधा पेटमा बाँच्नेहरूको बाध्यता
खोसिएको सार्वभौमिकताको रक्षार्थ
नेपाल र नेपालीको स्वाभिमान खातिर
स्वाधीनताको सम्वृद्धिको योजनाकार भए
फेरी एकपल्ट मिल्छ भने
यो धरातलमा आउ विश्वेश्वर
अहिले तिम्रो, सोच, चिन्तन र दर्शनको
अनुकुल छ या देश पर्खिरहेछ
यहाँका डाँडा र पाखाहरूले
भिर र पटाङ्गिनी नागिहरूले
त्रियासी हजार मेगावाट ऊर्जा शक्तिले
खोजिरहेछ चाँदनी सगरमाथा
जस्लाई आफ्नो बनायौ
लाखौंमा विदेशिएको युवा मानवशक्तिहरूले
खोजिरहिछन् बम्बईको कोठीमा बेचिएकी चेलीले तिमीजस्तै भाइ
खोज्छिन्,
सुष्ता आज
तिमीजस्तै शाहसी नेपाली
जो रक्तपात विहिन सार्वभौमिकताको रक्षा गर्छ
स्वाधीनताको रक्षा गर्छ
मन्दिरले खोज्दैछ, गुम्बाले खोज्दैछ
एउटा युगान्तकारी क्रान्ति नायक !
जननायक, महामानव ……… अनेक नामको सम्बोधन अझै अपुग हुने
क्रान्ति नायक विश्वेश्वर !
मिल्छ भने आउ देश खोजिरहेछ
एउटा तेजस्वी सुर्य वीर विश्वेश्वर !!