Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
अन्तर्राष्ट्रिय उडान संख्या थप हुने

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

अन्तर्राष्ट्रिय उडान संख्या थप हुने

Simrik Online

२४ भाद्र २०७७, बिहीबार

बाबुराम आचार्य, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडानको संख्या वृद्धि गरिने बताएका छन् । यस सन्दर्भमा मन्त्री भट्टराईले “उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफल पश्चात प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको छ ।” भनेका छन् ।

यसै सन्दर्भमा मन्त्री भट्टराईले “अब – १. PCR negetive भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा Airlines ले थप उडान माग गरेमा अनुमती प्रदान गरिनेछ ।
२. कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गरिनेछ ।
३. श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गरिनेछ ।
४. नियमित उडान नभएका मुलुकमा PCR Nagetive भएका यात्रुका लागि मागका आधारमा उडान सन्ख्या थप गरिनेछ ।” भनेका छन् ।

मन्त्री भट्टराईले “विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहनु भएका नेपाली दिदिबहिनी तथा दाजुभाईप्रति सरकार संबेदनशील छ । वहाँको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशीस गरिरहेको छ र सरकारले आफ्नो प्रयत्न बढाउँदै लानेछ ।
अत्यन्तै प्रतिकुलतामा पनि धैर्य र सम्यमका लागि सबै दिदिबहिनी, दाजुभाईमा आभार ब्यक्त गर्दछु ।
अनेकौं समस्यासँग जुध्दै समन्वय गरिरहनुभएका नेपाली नियोगका प्रमुख तथा कर्मचारी मित्रहरुलाई धन्यवाद भन्न चाहन्छु ।
एयरलाईन्सका कर्मचारी, एयरपोर्टका कर्मचारी तथा सुरक्षा निकायका मित्रहरु सबैमा आभार ब्यक्त गर्दछु ।” भनेका छन् ।