× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
भ्रष्टाचार

गुप्ता सहित १३ विरुद्ध पौने १७ करोडको भ्रष्टाचार मुद्दा

Simrik Online

२५ भाद्र २०७७, शुक्रबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजन ईन्जिनियर काशीप्रसाद गुप्तासहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गुप्ताका आफन्तहरु अन्जुकुमारी महतो, उदित नारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । आयोगले १३ जना विरुद्ध १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ विगो दावी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ ।

पदीय हैसियतले उनले गैरकानूनी आर्जन गरेको सम्पत्ति श्रीमतीसहित १२ जनाको नाममा खाता खोलेर रकम जम्मा गरेको पाइएपछि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

२०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा गरेका गुप्ता गतवर्ष असार ५ गते सिडिई पदबाट अवकाश पाएका थिए । अनुसन्धानको क्रममा सेवामा रहँदा उनले १७ करोड ८४ लाख २६ हजार चार सय ५९ रुपैयाँ आम्दानी गरे पनि वैधानिक आम्दानी भने एक करोड ११ लाख ६९ हजार नौ सय ६२ रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ ।