× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

नगरपालिका भित्रका सबै विद्यालयमा इन्टरनेट सेवा विस्तार हुने

Simrik Online

२८ भाद्र २०७७, सोमबार

सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले आज सदरमुकाम सल्लेरीमा आयोजना गरेको कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले आफ्नो नगरक्षेत्र भित्र वैकल्पिक सिकाइका लागि नगरपालिका भित्रका सबै विद्यालयमा ईन्टरनेट सुबिधा विस्तारमा आँफू लागेको र छिट्टै सबै विद्यालय ईन्टरनेटको पहुँचभित्र हुने जानकारी दिएका छन् । जसले शिक्षण सिकाइ प्रक्रियामा सहजीकरण हुने मेयर शेर्पाको दावी छ ।

सोही कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका नेता शुभराम बस्नेतले स्थानीय सरकारका प्रतिनिधिहरु कोभीड-१९ ले शिक्षा क्षेत्रमा पारेको असर प्रति जवाफदेहि नभएको आरोप लगाएका छन् । लामो समय बितिसक्दा पनि शैक्षिक क्षति मुल्यांकनमा चुकेको तथा ठोस योजना ल्याउन असफल भएको उनको आरोप छ ।

सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सदस्य नवीन थापाले संघ तथा प्रदेश सांसद एवं स्थानीय तहका पदाधिकारीबाट नै कोरोना संक्रमणको जोखिम उच्च भएको हुँदा उनीहरुले समेत सर्वसाधारण जनताले पालना गर्नुपर्ने नियम पालना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य छिण्डील्हमु शेर्पा, ने.का. थुलुङदुधकोशी गाउँपालिका सभापति महेन्द्रदिप राई, नगर प्रवक्ता शारदामाया तामाङ लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रम नेविसंघ सोलुखुम्बुका अध्यक्ष अश्विनबाबू थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।