साेलुखुम्बु । नेपाली कांग्रेस नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले गरेकाे खर्च विवरण अपुराे भएकाले पूर्ण विवरण उपलब्ध गराउन माग गरेकाे छ ।
कांग्रेसले भदाै १६ गते ११ बुदे माग राख्दै गाउँपालिकामा पत्र बुझाए पछि एक हप्तामा गाउँपालिकाले विवरण उपलब्ध गराएकाे थियाे । प्राप्त विवरणलाई अध्ययन गर्ने क्रममा विभिन्न ३६ बुँदामा नागरिककाे गम्भीर अाशंका रहेकाे अध्ययन समितिका संयोजक तथा गाउँपालिका सभापति निरकुमार शर्मा कटेलले बताएका छन् ।
सात सदस्यीय अध्ययन समिति गठन गरि अध्ययन सुरु गरेकाे कांग्रेसले ३६ बुँदाकाे सटलिस्ट तयार गरी यसकाे पूर्ण विवरण माग गर्दै भदाै २४ गते पालिकामा दाेस्राे पटक पत्र बुझाएकाे थियाे । पत्र बुझाएकाे धेरै दिन बितिसक्दा पनि विवरण दिन पालिकाले अानाकानी गरेकाले रकम हिनामिना भएको हुनसक्ने कांग्रेसकाे ठहर छ ।
नेचासल्यान गाउँपालिकामा काेराेनाका नाममा ९५ लाख भन्दा धेरै खर्च गरिएको छ । कहाँ खर्च भयाे त्याे रकम ? भ्रमणका नाममा ३२ लाख भन्दा धेरै छ, ईन्धनकाे खर्च हेर्दा अचम्मै लाग्छ ! जनप्रतिनिधिकाे सेवासुविधा के कति हाे कति जनताले जान्न पाउदैनन् ? सभापति एवम् अध्ययन समितिका अध्यक्ष निरकुमार शर्मा कटेलले प्रश्न गरेका छन् ।
कांग्रेसले जनताकाे पसिनाले तिरेकाे राजश्व दुरुपयाेग हुन नदिने भन्दै नेचासल्यान कांग्रेस सभापति शर्माले पालिकाकाे यथार्थ खर्च विवरण प्रतिवेदनै तयार गरेर सार्वजनिक गर्दै आँफूहरु जनतामाझ जाने बताएका छन् ।
गाउँपालिकाले गरेको खर्च विवरणमा कांग्रेसले चित्त नबुझाएका ३६ बुँदा यस्ता छन्।