× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

असोज १ बाटै यातायात चल्ने, सरकारले ५० प्रतिशत भाडा बढायो

Simrik Online

३० भाद्र २०७७, बुधबार

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक हवाइ उडान खुलाउने निर्णय गरेको केही मन्त्रीहरुले मिडियालाई बताएका थिए । तर मंगलबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक पत्रकार सम्मेलनमा असोज १ गतेबाटै बस र विमानहरु चल्न दिने निर्णय सुनाए ।

जनचासोको महत्वपूर्ण विषयमा क्याबिनेटको निर्णय स्पष्ट रुपमा बाहिर नआउँदा यातायात सञ्चालकहरु असोज ५ कै तयारीमा थिए । सम्भवतः यही कारणले हुनुपर्छ, हवाई यातायत सञ्चालकहरु १ गतेबाटै उडान थाल्ने सरकारी निर्णय कार्यान्वयन हुन नसक्ने निश्कर्षमा पुगेका छन् ।

०७६ साल चैत ११ देखि सरकारले रोकेको लामो दुरीको यातायात सञ्चालनका लागि सरकारले केही शर्तहरु तोकेको छ । र, यो अवधिका लागि ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारले अनुमति दिएको छ । तर, हवाइ भाडा चाहिँ सोमबारको मन्त्रिपरिषदले तोक्न सकेको छैन, जसले गर्दा व्यवसायीहरु कति रुपैयाँको टिकट काट्ने भन्ने अन्यौलमा परेका छन् । सरकारले हवाई भाडा पनि बढाउन पाउने संकेत दिएको छ ।