× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
जीवन शैली

बेँसीशहर-चामे सडक अबरुद्ध

Simrik Online

३० भाद्र २०७७, बुधबार

काठमाडौं । हिमाली जिल्ला मनाङ जोड्ने बेँसीशहर–चामे सडक पहिराले भासिएको छ । मङ्गलबार रातिदेखि अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिराले आज बिहान सो सडकखण्डको बेँसीशहर नगरपालिका–६ खरखरेभिरको सडक भासिएको हो ।

करिब २० मिटर सडक भासिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले बताएका छन् । उनले भने, “सडकमाथिबाट आएको पहिरो र सडक तल मस्र्याङ्दी नदीले खोलेको जमिनका कारण सडक भासिदा सडक अवरुद्ध भइरहेको छ ।” पानी निरन्तर परिरहेकाले तत्काल मर्मत गर्न असम्भव भएको उनको भनाइ छ ।

सो स्थानमा लामो समयदेखि वर्षेनी हल्का वर्षा हुनासाथ ढुङ्गामाटो आएर सडक अवरुद्ध हुँदै आएको थियो । सो सडकअन्तर्गत नगरपालिकै वडा नं ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् ।