दक्षिण-कोरिया । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सदस्य प्रदिप गिरी र नेपाली जनसम्पर्क समिति दक्षिण काेरिया बीच अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । साताव्यापी रुपमा मनाइएको विपि स्मृति दिवसको अवसरमा आयाेजित जुम भिडियो मार्फत गरिएको उक्त कार्यक्रममा दक्षिण काेरिया र नेपालकाे विकास प्रणाली बारे छलफल भएको नेपाली जनसम्पर्क समिति दक्षिण काेरियाकी सभापति आस्थाबिन्दु मल्लले बताएकी छन् ।
शुरुवातमा नेता गिरीले दक्षिण काेरियामा बसाेबास गर्ने जुम छलफलमा सहभागीहरुलाई जिज्ञासाहरु राख्न अनुरोध गरेका थिए । धेरै जसाेले नेपाल पनि दक्षिण काेरियाकै रफतारमा किन विकास गर्न सकेन ? कृषि प्रणाली किन कमजोर भयो ? स्वदेश मै राेजगारी किन सृजना हुन सकेन ? आदि प्रश्नहरु गिरीलाई गरेका थिए । उनिहरुले दक्षिण काेरियाकाे विकासको माेडेल र त्यहाँकाे वस्तुस्थिति बारे जानकारी गराउदै नेपाली काँग्रेसले नेपालकाे विकास निर्माण तथा भ्रष्टाचार अन्त्यकाे लागि प्रभावकारी भुमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।
नेता गिरीले नेपाल अथाह कृषि सम्भावना बाेकेकाे देश भएपनि कृषिलाई आम्दानीको मुख्य स्रोत कसैले नमानेको बताए । उनलेे भने न राज्यले यसमा ध्यान दियो न कृषकहरु नै सन्तुष्ट भए ? नेता गिरीले देशकाे अर्थतन्त्र रेमिट्यान्सले चलेको भन्दै नेपाल फर्केपछि कृषि, जलविद्युत तथा अन्य उत्पादनशिल क्षेत्रमा लगानी गर्न सबैलाई अनुरोध गरे ।
कार्यक्रममा जनसम्पर्क समिति दक्षिण काेरियाका पुर्व अध्यक्ष गिरीराज कुँवर, उपसभापति जितेन्द्र महता, लक्ष्मण दाहाल, डा.अग्नी काेइराला, प्रकाश धमला लगायतले आफ्नो धारणा राखेका थिए ।