× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

शिक्षक हटाएकोमा सोलु कांग्रेसको आपत्ति

Simrik Online

१ आश्विन २०७७, शुक्रबार

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नं.३ गुमेलामा अबस्थित जनसेवा आधारभूत विद्यालयमा कार्यरत शिक्षिका फुराल्हमु शेर्पालाई विद्यालय प्रशासनले हटाएको प्रति सोलुखुम्बु कांग्रेसले आपत्ति जनाएको छ ।

सोलुखुम्बु कांग्रेस सभापति विनोदकुमार बस्नेतले १ असोजमा एक विज्ञप्ति जारी गर्दै विद्यालय प्रशासनले राजनीतिक पुर्वाग्रह राखेर शिक्षिकालाई सेवाबाट निस्कासन गरिएको प्रति सोलुखुम्बु कांग्रेसको ध्यानाकर्षण भएको बताएका छन् ।

२०७१ सालबाट निरन्तर सेवा प्रदान गरिरहेकी शिक्षिका फुराल्हमु शेर्पालाई अभिभावकहरुको सुझावलाई समेत वास्ता नगरी राजनीतिक पुर्वाग्रह राखेर निस्कासन गरिएको भन्दै विद्यालयमा पुन: हाजिर गराउन समेत सोलुखुम्बु कांग्रेसले माग राखेको छ ।