× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

महामन्त्री कोइरालाले जिते कोरोना

Simrik Online

२ आश्विन २०७७, शनिबार

मनेश निरौला, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला कोरोना संक्रमणको सफल उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् । कोइराला शनिबार दिउँसो साढे ११ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

संक्रमण देखिएको एक सातापछि श्वासप्रश्वासमा समस्या देखिएकाले महामन्त्री डा.शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका थिए । आज अस्पतालबाट डिस्चार्ज भएपनि डा.कोइराला डाक्टरको सल्लाहअनुसार केही दिन होम आइसुलेसनमा बस्नेछन् ।

ॐ अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक सञ्जाल फेसबुकमा डा.कोइरालाले – ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु । मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु ।’ लेखेका छन् ।