काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । उनको आज सोमबार विहान १० बजे जोरपाटीस्थित छोरीको घरमा ७२ वर्षको उमेरमा निधन भएको हो । लिबर र ब्रेन सम्बन्धी समस्याबाट उनी पीडित थिए । उनको नाममा १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड कायम छ ।