× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

जीपी काेइराला अध्ययन केन्द्र सोलुुमा २२ मनोनित

Simrik Online

४ आश्विन २०७७, सोमबार

सोलुखुम्बु । जी.पी. काेइराला अध्ययन केन्द्र साेलुखुम्बुका अध्यक्ष हेमराज शर्मा कटेलले १५ सदस्यीय जिल्ला कार्यसमिति र साेलुका आठवटै स्थानीय तहका संयाेजक मनाेनयन गरेका छन् ।

नेपालकाे लाेकतान्त्रिक आन्दाेलनमा अग्रणी भुमिका निर्वाह गरेका गिरिजाप्रसाद काेइरालाले शान्ति प्रक्रिया र राष्ट्रिय राजनीतिमा पुर्याएकाे याेगदानलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले स्थापना गरिएकाे अध्ययन केन्द्रले आज साेलुखुम्बुकाे जिल्ला कार्यसमितिलाई पुर्णता दिएकाे हाे ।

कार्यसमितिको उपाध्यक्षमा विनाेद बास्ताेला, प्रदिप राई र सरिता राई, सचिवमा कैलाश केसी, सह-सचिवमा इन्द्रबहादुर बस्नेत र अर्जुन खड्का, काेषाध्यक्षमा मित्रमाया कुलुङ तथा सदस्यहरु क्रमशः दावाफिन्जाे शेर्पा, राेजिना राई, समिक्षा बस्नेत, विन्दा नेपाली, अधिस राई, राजेश मगर, बाबुराम बिक रहेका छन् ।

त्यस्तैगरि अध्ययन कन्द्र सोलुखुम्बुका अध्यक्ष शर्माले स्थानीय तहका संयाेजकहरुको पनि मनाेनयन गरेका छन् । जसमा नेचासल्यान गा.पा. संयोजक सन्ताेष घिमिरे, थुलुङ दुधकाेशी- खेमकुमार राई, साेताङ- छिरिङ राई, महाकुलुङ- उद्दव कुलुङ, माप्यदुधकाेशी- जंगबहादुर राई, लिकुपिके- राजेन्द्र बस्नेत,साेलुदुधकुण्ड नपा-टंकबहादुर कार्की र खुम्बुपासाङलमु गा.पा.मा मिनकुमार रानामगर रहेका छन् ।