× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

लोखिममा खर्चको विवरण माग्दै कांग्रेस

Simrik Online

१५ आश्विन २०७७, शुक्रबार

सोलुखुम्बु । आम नागरिकले निकै चासो दिएको थुलुङदुधकोशी गाउँपालिका ९ लोखिमको खर्चमा नेपाली कांग्रेस लोखिमको बैठकले वडाको तर्फबाट विभिन्न शीर्षकमा भएको खर्च अपारदर्शी ढंगबाट भएकोले अध्ययन गर्ने निर्णय गरेको भन्दै सभापति पदमबहादुर राईले सोकाे विवरण उपलब्ध गराउन वडालाई आग्रह गरेका छन् ।

सभापति राईले वडामा लेखेको पत्रमा उद्दार तथा राहत वितरण, कोभिड-१९ को नाममा भएको शीर्षकगत खर्च, स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका काम र खर्च, स्थानीय तहका पदाधिकारीहरुकाे सेवासुविधा तथा ईन्धन सम्बन्धी खर्च, सम्पन भइसकेका विकासे आयाेजनाकाे विवरण, भत्ताको विवरण, वडाका तर्फबाट विद्युत मर्मत तथा वितरण सम्बन्धमा भएकाे खर्च लगायत ९ वटा शीर्षकमा वडालाई र ३ वटा शिर्षकमा भवन निर्माण, विद्यालय घेराबार, छात्रवास, कर्मचारी व्यवस्थापन, भर्नाशुल्क लगायत विद्यालयलाई भएका आम्दानी र खर्चको बिवरण माग गरिएको थियो ।

त्यसैक्रममा नेपाली कांग्रेस लोखिमले आज सम्पुर्ण विद्यालयसँग खर्च विवरण मागको कार्यक्रम सकेको छ । त्यसैगरि विद्यालय जस्तो विशुद्ध शैक्षिक संस्थामा कुनै पनि किसिमको राजनीति नगर्न/नगराउन समेत सचेत गराएको छ । यदि सचेत गराउँदा गराउँदै पनि त्यस्तो क्रियाकलाप गरेको खण्डमा पार्टीले कठोर निर्णय लिन बाध्य हुने समेत जनाएको छ ।

वडा कार्यालय र विद्यालयबाट खर्च विवरण उपलब्ध हुनासाथ गहन ढंगले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने र सो को वास्तविक जानकारी आम नागरिकमाझ सार्वजनिक गरिने विवरण अध्ययन समितिका संयोजक एवं नेपाल लेखक संघ सोलुका अध्यक्ष सुवाससंगम राईले सिम्रिक अनलाइनलाई बताएका छन् ।