× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

डेरामा बस्नेलाई आइसोलेसनको ब्यवस्था गर्न कांग्रेसको माग

Simrik Online

१८ आश्विन २०७७, सोमबार

वासुदेव न्यौपाने, काठमाडौं । नेपाली कांग्रेसको काेभिड १९ अनुगमन समितिका संयाेजक तथा सहमहामन्त्री डा.प्रकाशशरण महतले कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको, संक्रमितहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परिक्षण र आइसोलेसनको व्यवस्था गर्नु त परै जावस् जो परिक्षणबाट संक्रमित देखिएका छन्, उनीहरुको समेत समुचित आइसोलेसनको व्यवस्था सरकारले नगरेको बताएका छन्।

कांग्रेस सहमहामन्त्री महतले आज एक विज्ञप्ति जारी गर्दै “विशेषतः काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको छ र यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ । कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परिक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरुसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्थिति छ । जसका कारण ती संक्रमितहरुले आफू संक्रमित भएको कुरा लुकाएर बस्नु पर्ने परिस्थिति बनेको छ । यसले गर्दा संक्रमण झन बढ्ने खतराप्रति सरकार पुरै उदासिन छ । जसको मापदण्ड अनुरुपको आफ्नो बस्ने व्यवस्था छैन, ती संक्रमितहरुलाई अनिवार्य रुपमा सरकारले आइसोलसनको तत्काल समुचित व्यवस्था गर्न जोडदार माग गर्दछु।” भनेका छन्।

कांग्रेसले जो संक्रमितहरुमा कोभिड-१९ का लक्षण देखिएका छन्, उनीहरुलाई पनि अस्पतालमा उपचारको समुचित व्यवस्था गर्न सरकारसँग माग गरेकाे छ।