सुवास राई, सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिकासँग नेपाली कांग्रेसको पालिका स्तरीय समितिले असोज २० गते मंगलबार गाउँपालिकाले विभिन्न शिर्षकमा गरेको खर्चको विवरण माग गरेको छ ।
गत असोज ३ गते थुलुङदुधकोशी गाउँपालिकामा सोलुखुम्बु कांग्रेस सभापति विनोदकुमार बस्नेत समेतको उपस्थितिमा बसेको वृहत् बैठकले गरेको निर्णय अनुसार गा.पा. कार्यसमितिका सभापति महेन्द्रदीप राईको नेतृत्वमा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सह-सचिव कुशराज राईको विशेष आतिथ्यमा थुलुङदुधकोशी गाउँपालिकाका ९ वटै वडाका सभापतिहरु समेतको उपस्थितिमा थुलुङदुधकोशी गाउँपालिकासँग आर्थिक विवरण माग गरेको बताएको छ ।
पालिकाबाट प्राप्त विवरण अध्ययन गरेपछि सो को जानकारी गराउने पनि कांग्रेस सभापति महेन्द्रदीप राईले बताएका छन्।