युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो। उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो। जीतसँगै हैदराबाद अंक तालिकाको पाँचौं स्थानमा पुग्यो। उसले १० खेलको समाप्तिमा ४ जीत र ६ पराजयसँगै ८ अंक बटुलेको छ। पञ्जाव र राजस्थान रोयल्सको पनि समान ८ अंक छ।
हैदरावादले टस जितेर राजस्थानलाई ब्याटिङको निम्तो दिएको थियो। उसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। राजस्थानका लागि सन्जु सामसुङले सर्वाधिक ३६ रनको योगदान दिएका थिए। ओपनर रोविन उथ्थापालाई १९ रनमा जोनसन होल्डरले रनआउट गराएपछि राजस्थानको पतन सुरु भएको थियो। अर्का ओपनर बेन स्टोकले ३० रन बनाए भने कप्तान स्टिभन स्मिथले १९ रनको योगदान दिए। बंगोलका लागि होल्डरले ३ विकेट लिए।
१ सय ५५ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको बंगोलको सुरुवात राम्रो हुन सकेन। पहिलो र तेस्रो ओभरमै ओपनद्वय डेविट वार्नर र जोनी ब्रिटोनलाई गुमाए पनि त्यसपछि आएका मनिस पाण्डे र विजय शंकरले इनिङ सम्हालेका थिए। पाण्डेले ४७ बलमा ८३ र शंकरले ५१ बलमा ५२ रन बनाएका थिए। राजस्थानका लागि जफन आर्चरले दुई विकेट लिए।