मनेश निरौला, सोलुखुम्बु । प्रदेश नम्बर १ का मुख्यमन्त्री मा.शेरधन राईले माप्य-खुम्बु मितेरी माेटरेवल पुलकाे शनिबार उद्घाटन गरेका छन् । मुख्यमन्त्री राई सहित प्रतिनिधिसभा सदस्य मा.हेमकुमार राई, १ नं. प्रदेशका याेजना तथा आर्थिक मामिला मन्त्री मा.इन्द्र आङ्वाे, १नं.प्रदेशसभा सदस्य तथा नेकपा संसदीय दलका प्रमुख सचेतक मा.बुद्धिकुमार राजभण्डारी, प्रदेश सभासद मा.उत्तमकुमार बस्नेत, माप्यदुधकाेशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बुपासाङल्हमु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टसील्हमु शेर्पाले सयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
पुलको करिव १ वर्ष पहिले प्रतिनिधिसभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य मा.हेमकुमार राई र १ नं. प्रदेशसभा सदस्य तथा नेकपा संसदीयदलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै सिधा सडक सञ्जालले जोड्न नसक्दा विकासमा पछाडीएको खुम्बुमा पुल उ्दघाटनसँगै विकासले तिब्रता पाउँने र खुम्बुमा विकासको आधार तय भएको मुख्यमन्त्री राईको भनाई छ ।
यस्तै सोलुखुम्बुका संघीय सांसद मा.हेमकुमार राईले आफूहरु निरन्तर जनसेवामा समर्पित भएकाले विगतमा असम्भव मानिएका कार्यलाई समेत सम्पन्न गर्न सफल भएको बताउँदै मितेरी पुल खुम्बुपासाङल्हामु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाको मात्रै नभई देशकै गहना भएको बताएका छन्
त्यसैगरी प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले विश्व माझ परिचित सगरमाथा क्षेत्रलाई सिधा सडक सञ्जालले जोड्नु खुसीको कुरा भएको बताएका छन् ।
७ करोड २९ लाख ९७ हजार २ सय रुपैँयाको लागतमा निमार्ण गरिएको पुलको निमार्ण कार्य बैशाखमा सकिएको थियो । जलप निमार्ण कम्पनीले निमार्ण गरेको पुलका लागि संघीय संसद कोषको १ करोड, प्रदेश नं. १ सरकारको २ करोड र बाँकी रकम खुम्बु पासाङल्हामु र माप्य दुधकोशी गाउँपालिकाले ब्यवस्थापन गरेको बताइएको छ ।