× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मनोरञ्जन

लुगा फेर्दैै गर्दा निर्माता कोठामै आए : बलिउड मोडल

Simrik Online

८ मंसिर २०७७, मंगलवार

मुम्बई । ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोकाकोलामा काम गर्दा निर्माता महेन्द्र धारीवालले यौन दुर्व्यबहार गरेको आरोप लगाएकी छिन्। मन्दनाका अनुसार उनी सुटिङ सकिएपछि वेनिटी भ्यानमा लुगा फेर्दै थिइन्। निर्माता महेन्द्र एक्कासी लुगा फेरिरहेको ठाउँमा आइपुगे।

मन्दनाले उक्त फिल्ममा एक वर्षजति काम गरिन्। उनको सुरुवाती भोगाई नै दिक्दारलाग्दो भयो । महेन्द्रलाई उनी पुरातन पुरुषवादी सोच भएको एक संकिर्ण पुरुषको रुपमा ब्याख्या गर्छिन्।

मन्दना भन्छिन् ‘सुटिङको अन्तिम दिन थियो। सुटिङ सकिएको १ घन्टामा म कँही पुग्नुपर्ने थियो। हतारमा ढोका नलगाई लुगा चेञ्ज गर्न लागेछु त्यहि बेला महेन्द्र आइपुगे।’ उनले महेन्द्रलाई बाहिर जान आग्रह गर्दा नमानेपछि उनी चिच्याउदै बाहिरिएकी थिइन्।-एजेन्सी।