× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

ओलीको असंवैधानिक कदमका विरुद्धमा सोलुखुम्बुमा प्रदर्शन

Simrik Online

१४ पुष २०७७, बुधबार

आयुशा बास्तोला, पुस १३, २०७७, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको संसद विघटन सम्बन्धि असंवैधानिक कदमका विरुद्धमा सोलुखुम्बुको सल्लेरीमा विरोध प्रदर्शन गरेको छ ।

कांग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्वमन्त्री बलबहादुर केसीको प्रमुख आतिथ्यतामा सोलुदुधकुण्ड नगरपालिका सल्लेरीमा विरोध प्रदर्शन भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय समितिको कार्यक्रम अनुसार आज देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन भएको हो ।
हजारौं कार्यकर्ताको उपस्थितिमा सोलुखुम्बुको सल्लेरीमा सम्पन्न भएको विरोध कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरु शम्भुहरि बास्तोला, जयप्रसाद राई, भोजराज कार्की, खिलराज बस्नेत र प्रदेशसभा सदस्यका उम्मेदवार प्रकाशसिंह कार्की, नेपाल दलित संघका केन्द्रीय सदस्य धर्म नेपाली, जनजाति विभागका सदस्य आङछिरिङ शेर्पा, नेविसंघ अध्यक्ष अश्विनबाबु थापा लगायतले आफ्नो धारणा राखेका थिए ।