× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

५२ सीडीओको सरुवा र पदस्थापन

Simrik Online

१३ फाल्गुन २०७७, शुक्रबार

काठमाडौंं । गृहमन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरूको हेरफेर गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निणर्यबाट ५२ जना सीडीओहरुको सरुवा/पदस्थापन गरेका हुन् ।

जीवनप्रसाद दुलाललाई काठमाडौंबाट नुवाकोटमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा सरुवा गरिएको छ । त्यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई सिन्धुलीमा सरुवा गरिएको छ ।

त्यस्तै गृहमन्त्रालयमा कार्यरत शालिग्राम शर्मा पौडेललाई जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । त्यस्तै गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई महोत्तरी सरुवा गरिएको छ ।

त्यस्तै जिल्ला हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीलाई कारागार कार्यालयको जेलरमा सरुवा गरिएको छ ।