× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

राप्रपाको महाधिवेशन स्थगित

Simrik Online

१ जेष्ठ २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने घोषणा भएको महाधिवेशन कोभिड-१९ महामारीको अवस्था दृष्टिगत गर्दै स्थगन गर्ने निर्णय गरिएको केन्द्रीय सचिवालय प्रमुख धुर्वबहादुर प्रधानले जानकारी दिए।

पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापासहितको शनिबारको बैठकले महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्ने निर्णय गरेको छ ।

राप्रपाले बिरामीका लागि अस्पतालमा शैय्या अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, सघन उपचार कक्ष, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेकाले निजी क्षेत्रसंँगको सहकार्यबाट स्वदेश र कूटनीतिक पहल गरी अन्तरराष्ट्रिय सहयोग जुटाउन सरकारसँंग माग गरेको छ । बैठकले दलको निर्देशन समिति पाँच दिनभित्र गठन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले बताए ।