× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

प्रेस काउन्सिलकाे अध्यक्षमा बस्नेत नियुक्त

Simrik Online

१९ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा देलखाका बालकृष्ण बस्नेत नियुक्त भएका छन् । आज बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत महासंघको गत चैत्र २५ मा सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस-माओवादी गठबन्धनसँग पराजित भएका थिए । कानुन व्यवसायी समेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए।

सुरेन्द्र बहादुर कार्की उर्फ राम कार्की, पार्थ क्षेत्री सञ्चार मन्त्री हुँदा काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकाल उनको नियुक्तिको योग्यता विवादलाई लिएर सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र पछिल्लो समय अर्का वरिष्ठ पत्रकार गोपाल बुढाथोकी कार्यवाहक अध्यक्ष भएका थिए । उनको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई अध्यक्षमा नियुक्त गरेको छ । यसअघि काउन्सिलको अध्यक्षमा कास्की पाेखराकी दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्ति विरुद्ध अन्तरिम आदेश दिएको थियाे। त्यसपछि कार्यवहाक अध्यक्ष किशाेर श्रेष्ठले राजीनामा दिएपछि वरिष्ठ पत्रकार गाेपाल बुढाथोकी काउन्सिलकाे कार्यवहाक अध्यक्ष भएका थिए। बुढाथोकीकाे कार्यकाल छोटो भए पनि धेरै रचनात्मक काम गरि विना विवाद सकिएकाे छ।