काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री बनेका छन् । उनीहरूलाई शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठनेता राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । महतो उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् । ओलीले मन्त्रीमण्डलमा मन्त्रीहरू विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, वसन्त कुमार नेम्वाङ र लिलानाथ श्रेष्ठ दोहोरिएका छन् ।