काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले अहिलेको अवस्था आफ्नो लागि चुनौती र अवसर दुवै भएको बताएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताएका छन्।
आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताउदै सबै नागरिकलाई निशुल्क स्वास्थ्य उपचार पुराउनु आफ्नो मूल उदेश्य रहेको बताए। ‘अहिले सबै मिलेर कोरोनासंग लड्न जरुरी छ,’ उनले भने, ‘कोरोनाका सम्भावित लहरबाट सबैलाई जोगाउनु हाम्रो पहिलो दायीत्व हो।’
उनले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि जानकारी दिए। सबै नागरिकलाई निशुल्क स्वास्थ्य उपचार पुराउनु आफ्नो उदेश्य रहेको बताउँदै उनले कसरी यो सफलता हाँसिल गर्ने बाटोमा अगाडि बढ्ने बताए।